दफा ८८
प्रमाण बुझिसकेपछि तारिखमा नबसे पनि हुने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रमाण बुझिसकेपछि कुनै पक्ष तारिखमा बस्न नचाहेमा निजले त्यसको अनुमतिको लागि अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा अदालतले निजलाई तारिखमा राख्न आवश्यक नदेखिए निजको तारिख टुटाइदिन सक्नेछ ।